बिहीबार, भदौ ११, २०८३

काठमाडाैं उपत्यकामा थपिँदै निषेध आदेश

काठमाडाैं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज बस्दै छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - काठमाडाैं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज बस्दै छ। 

जारी निषेध आदेशलाई निरन्तरता दिने विषयमा आवश्यक थप निर्णय गर्न संयुक्त बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे बैठक बस्न लागेको हो।

‘जारी निषेध आदेशलाई ७ दिन वा १५ दिन कति हुन्छ थप गर्ने विषयमा आज निर्णय हुन्छ,’ उनले भने, ‘उपत्यकाका स्थानीय तहले जेठ १० सम्म थप गर्नुपर्ने भन्ने सुझाव दिए पनि आज कति दिन थप्ने भन्ने निर्णय हुन्छ।’

कोभिड-१९ को संक्रमण बढ्दै गएकाले अझै कडाइका साथ निषेध आदेशलाई निरन्तरता दिनुपर्ने माग उठिरहेका बेला आजको बैठकले थप निर्णय गर्ने बताइएको छ। उपत्यकामा वैशाख १६ गते बिहानदेखि लागू हुने गरेर निषेध आदेश जारी भएको थियो।

दिनप्रतिदिन संक्रमणको दर बढ्दै गएकाले चेनबेक्र गर्न निषेध आदेश नै प्रभावकारी हुने विज्ञहरूले पनि बताउँदै आइरहेका छन्।

प्रकाशित: May 11, 2021| 04:13 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।