बिहीबार, भदौ ११, २०८३

पर्सामा पछिल्लो २४ घण्टामा आठ जनाकाे मृत्यु

पर्सामा पछिल्लो २४ घण्टामा उपचारको क्रममा आठ जनाकाे मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

पर्सा - पर्सामा पछिल्लो २४ घण्टामा उपचारको क्रममा आठ जनाकाे मृत्यु भएको छ। पर्सास्थित नारायणी अस्पतालमा उपचाररत बारा जिल्लाका तीन जना र पर्साका पाँच जनाकाे मृत्यु भएको हाे।

मृत्यु हुनेमा २३ गते भर्ना भएका पर्साकाे बहुदरमाई नगरपालिका-२, सिर्सिया वैरियाका ६५ वर्षीय पुरूष, वीरगंज-१० का ६९ वर्षीया महिला र साेही दिन भर्ना भएका वीरगंज महानगरपालिका-४ का ४० वर्षीया महिला छन्।

यसैगरी वैशाख २१ गते भर्ना भएका जगरनाथपुर गाउँपालिका-१ का ३५ वर्षीय पुरूष र साेही दिन भर्ना भएका वीरगंज महानगरपालिका-९ का ५५ वर्षीय पुरूषकाे गएराति मृत्यु भएको अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले जानकारी दिएका छन्। 

त्यस्तै वैशाख १७ गते भर्ना भएका बारा निजगढ नगरपालिका-७ का ६० वर्षीय पुरूष, २६ गते भर्ना भएका बेहरी-१४ ७० वर्षीय पुरूष र साेही दिन भर्ना भएका वुनियाद गाउँपालिका-१ का ५५ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

मृत्यु हुने सबै गम्भीर प्रकारकाे निमाेनियाका कारण उपचारको क्रममा मृत्यु भएको अस्पतालका काेभिड संयाेजक डा. दासले बताए। 

प्रकाशित: May 11, 2021| 03:35 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।