सोमबार, जेठ ४, २०८३

संक्रमित भएको कति दिनसम्म कोरोना सर्छ?

पछिल्लो एक वर्षदेखि विश्व कोरोना भाइरसले आक्रान्त छ। दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। विश्व स्वस्थ्य संगठनले कोरोना हावाको माध्यमबाट फैलिरहेको जनाएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

पछिल्लो एक वर्षदेखि विश्व कोरोना भाइरसले आक्रान्त छ। दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। विश्व स्वस्थ्य संगठनले कोरोना हावाको माध्यमबाट फैलिरहेको जनाएको छ।

National life

त्यसैले मानिसलाई घर बाहिर निस्किनका लागि मास्कको प्रयोग गर्न सल्लाह दिने गरिएको छ। हामीले सावधानी अपनायौं भने संक्रमणबाट जोगिन सकिन्छ। 

सीडीसीको हालै गरिएको एक रिपोर्टमा युवाहरूमा लक्षण देखिएको १० दिनसम्म संक्रमण रहन्छ। यसलाई आधार मान्दा १० दिनपछि युवाहरूबाट अरुमा संक्रमण नसर्ने देखिन्छ।

तर, गम्भीर रोगी वा कमजोर प्रतिरोधात्मक क्षमता भएका मानिसबाट २० दिनसम्म संक्रमण सर्ने पाइएको छ। प्रेस इन्फर्मेशन ब्यूरो (पीआईबी) ले ट्वीट गर्दै लक्षण सुरु भएको १० दिनपछि कोरोना संक्रमित गैरसंक्रमित हुने पाइएको छ। १० दिनपछि संक्रमण नफैलिने पाइएको छ। 

कुनै मानिसमा पछिल्ला केहि दिन कुनै लक्षण नदेखिए वा ज्वरो तथा खोकी नलागे होम आइसोलेशन बसेका मान्छेले आरडिटी वा पीसीआर गर्नुपर्ने आवश्यकता हुँदैन।

कोरोनाबाट जोगिन घरमै बस्नु आवश्यक हुन्छ। संक्रमणको दोस्रो लहर निकै घातक देखिएको छ। सम्भव भएसम्म घर बाहिर नजानु नै बुद्धिमानी हुन्छ। बाहिर निस्किनै परे मास्क लगाएर सामाजिक दूरी कायम गर्नु आवश्यक हुन्छ।

प्रकाशित: May 11, 2021| 02:53 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्