सोमबार, असोज १२, २०८३

के योगले जन्डिस कम गर्न सकिन्छ?

केही मानिसका आँखा, अनुहार र नङ असामान्य रुपमा पहेला देखिन्छन्। यस्तो अवस्थामा जन्डिस भएको हुनसक्छ। स्वास्थ्य विज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा जन्डिस हुनेगर्छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

केही मानिसका आँखा, अनुहार र नङ असामान्य रुपमा पहेला देखिन्छन्। यस्तो अवस्थामा जन्डिस भएको हुनसक्छ। स्वास्थ्य विज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा जन्डिस हुनेगर्छ। 

कलेजोले राम्रोसँग काम नगर्दा रगतमा बिलुरुबिन नामको केमिकल बन्छ। सामान्य स्थितिमा लिभरले यो रसायनलाई मलमुत्रको माध्यमबाट शरीर बाहिर निकाल्छ।

रगतमा बिलुरुबिनको मात्रा बढ्दा मानिसका हात, अनुहार, नङ, आँखा र पिसबको रंग पहेलो हुने गर्छ। जसलाई सामान्य भाषामा जन्डिस भनिन्छ। विशेषाज्ञका अनुसार सामान्य रुपमा दूषित खाना वा पानीको सेवनले जन्डिस हुनेगर्छ।  यसका साथै  बढी तेल, खुर्सानी र जंक फुड खाँदा पनि जन्डिस हुनेगर्छ।

त्यसैले मानिसले कलेजोलाई स्वस्थ राख्ने खानेकुरामा ध्यान दिनुपर्छ। हामीले जन्डिस भएको थाहा पायौं भने एक हप्ता योग मन्द्राको अभ्यास गरेर नियन्त्रण गर्न सक्छौं। यो योग गर्दा पहिले सान्त रुपमा योग मन्द्रामा शरीर एकदम सिधा पारेर बस्नुपर्छ। 

त्यसपछि भस्त्रिका प्राणायाम आसन गर्नुपर्छ। यो आसन गर्दा ध्यानपूर्वक सान्त बस्नुपर्छ। शरीरलाई भए एकदमै सिधा राख्नुपर्छ। हातलाई ज्ञान मुन्द्रामा लैजानुपर्छ।  कुहिनो तथा काँधलाई ढिला राख्नुपर्छ। त्यसपछि गहिरो तथा लामो श्वास लिनुपर्छ। 

यस्तै कपालभाति प्राणायामले पनि जन्डिसका बिरामीलाई फाइँदा पुग्छ। यो आसनलाई गर्नका लागि पनि पहिले शान्त रुपमा ध्यान मुन्द्रामा शरीरलाई सिधा राखेर बस्नुपर्छ। त्यसपछि नाकका दुवै प्वालबाट गहिरो श्वास लिनुपर्छ। श्वास लिँदा जोरले लिने र जोरले छोड्ने गर्नुपर्छ। जसको झट्का पेटसम्मै परोस्। यो अभ्यास १० मिनेटसम्म गर्नुपर्छ।

यस्तै अनुलोम विलोम प्रणायामले पनि जन्डिस नियन्त्रणमा सहयोग पुग्छ। यो आसन गर्दा पनि शान्त बस्दै शरीरलाई सिधा पारेर ज्ञान मुन्द्रामा नै बस्ने हो। यो आसन गर्दा दायाँ हातका बुढि औलाले नाकको एउटा प्वाल बन्द गर्ने र अर्कोबाट श्वास लिने फेरि बन्द गरेको नाकलाई खोलेर श्वास फाल्ने गर्नुपर्छ। यो १५ देखि २० पटकसम्म गर्नुपर्छ।

प्रकाशित: May 11, 2021| 02:06 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्