बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली बाहेकको सरकार मधेस आन्दोलनको भावना विपरीत : महन्थ ठाकुर

ओली बाहेकको सरकार मधेस आन्दोलनको भावना विपरीत : महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणको पक्षमा नरहेको प्रस्ट पारेका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणको पक्षमा नरहेको प्रस्ट पारेका छन्।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाबारे वर्तमान सरकारसँग भएका वार्ता सकारात्मक तथा कार्य-प्रगति उन्मुख रहेकाले आफूहरू अर्को सरकारको पक्षमा नरहेको बताएका हुन्।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’

सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्। त्यस लगत्तै जसपा अध्यक्ष ठाकुरको यस्तो विज्ञप्ति आएको हो। 

जसपा (भट्टराई–यादव पक्ष) पक्ष भने वर्तमान सरकारको विरुद्धमा छ। ठाकुर पक्षले सोमबार सरकारको पक्ष र विपक्षमा कतै मतदान नगर्दा भट्टराई–यादव पक्षले भने सरकारको विपक्षमा पतदान गरेको थियो।
 

प्रकाशित: May 11, 2021| 01:06 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।