शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • २४ रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न बाइडेन प्रशासनको आदेश

२४ रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न बाइडेन प्रशासनको आदेश

अमेरिकास्थित रुसी दूतावासले आफूहरूलाई देश छाड्नका लागि आदेश आएको बताएको छ। अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, 'हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्न भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ।'
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

वाशिंटन डिसी (अमेरिका)- अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्ममा अमेरिका छोडिसक्न भनिएको हो। 

अमेरिकास्थित रुसी दूतावासले आफूहरूलाई देश छाड्नका लागि आदेश आएको बताएको छ। अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, 'हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्न भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ।' 

रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन्। उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका आउने छैनन्। रासस/सिन्ह्वा

प्रकाशित: Aug 03, 2021| 18:22 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।