बिहीबार, भदौ ११, २०८३

कतारी रियाल अब कागजको खोष्टा मात्र !

तपाइँसँग कतारी रियाल छ ? यदि छ भने तपाइँसँग भएको नोट आजदेखि कागजको खोष्टा सरह हुने भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- तपाइँसँग कतारी रियाल छ ? यदि छ भने तपाइँसँग भएको नोट आजदेखि कागजको खोष्टा सरह हुने भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार (आज)सम्म नसाटिएका कतारी रियाल चलनचल्तीमा आउने छैन। 
हाल चलनचल्तीमा रहेको कतारी रियलको चौथो संकरणका नोटहरु सोमबारदेखि नचल्ने भन्दै राष्ट्र बैंकले २० दिनअघि सूचना जारी गरेको थियो। 

सूचनामा केन्द्रीय बैंकले सबै नागरिकलाई आफूसँग भएको कतारी रियाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्था वा मनीचेञ्जरमा वैशाख २० गतेसम्म सटही गरिसक्न भनेको थियो। तर, सोमबारसम्म पनि सटही नगरी राखेका कतारी रियाल नोट अब काम नलाग्ने भएका हुन्। 

कतारमा काम गरेर नेपाल फर्केका नेपालीहरुसँग चौथो संस्करणको कतारी रियाल हुन सक्ने सम्भावना रहेको भन्दै कतारको केन्द्रीय बैंकले कतारी रियल साट्न नेपाल सरकारलाई समय दिएको थियो। 

केन्द्रीय बैंकले पनि सोहीअनुसार सूचना जारी गरेको हो। कतार सरकारले पाँचौ संस्करणको कतारी रियाल निष्कासन गर्ने तयारी गरिसहेको छ। सोही कारण नेपालमा भएको चौथो संस्करणका कतारी नोट संकलन गरेर कतार पठाउन लागिएको हो। 

आजसम्म नोट साट्ने समय नै भएकोले कतारी नोट कति रहेछ भन्नेबारे यकिन तथ्यांक आइनसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। 

केन्द्रीय बैंकले सोमबारसम्म अर्थात् बैशाख २७ गतेसम्म आफुसँग भएका सबै कतारी नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने प्रादेशिक कार्यालयहरु र विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्ने मनीचेञ्जरहरुबाट सटही गर्न आग्रह गरेका थियो।

प्रकाशित: May 10, 2021| 11:33 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।