पोखरा- राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले नयाँ सरकारको प्रस्तावित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
संसदीय दलका प्रमुख सचेतक पियारी थापाले आफ्ना बाँकी २ प्रदेशसभा सदस्य खिमबिक्रम शाही र कृष्ण थापालाई पत्र काटेर यस्तो ह्विप जारी गरेकी हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको लागि आव्हान गरेकी थिइन्।