काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि प्रक्रिया सुरु भएको छ।
तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ। हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको सचिवालयले जनाएको छ। कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ।