बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समृद्धिको यात्रा तुक्का मिलाउने विषय होइन : प्रधानमन्त्री ओली

समृद्धिको यात्रा तुक्का मिलाउने विषय होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति माखेसांग्लोजस्तो भएको टिप्पणी गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति माखेसांग्लोजस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा दलका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘विश्वासको मत माग्ने क्रममा जुन विचार राखेको थिएँ, त्यसबाट सबै दलका माननीयमा स्पष्टता आएको ठानेको थिएँ। लामै समय मस्काएर धोइएन भने भाँडोको कालो ननिख्रिएजस्तै लाग्यो। आज झूट बोलेर, उत्तजेनात्मक कुरा गरेर देशमा तनाव बढाउने, अनेकतातर्फ देशलाई लाने, कलहतिर देशलाई लाने परिस्थिति हैन।’

उनले थपे, ‘माखेसांग्लो जान्यो भने फुत्किन सकिन्छ, नत्र त्यहीँ अडिन्छ। यदि भाषामा समस्या छैन भने माखेसांग्लो भनेको झिँगाको होइन, जटिल समस्या हो भनेको थिएँ। मानिसको ज्यान जाने कुरालाई दुई चारवटा आँप झर्यो भनेर तराईमा लगेर त्यसलाई खेतमा छर्न खोजियो। यो उत्तेजनाको राजनीति गर्न खोजिएको हो। यस्तो उत्तेजनाका राजनीतिका अनेक काण्ड बनाइयो। हामीले राष्ट्रिय राजनीतिलाई झुटको होइन सत्यतथ्य सूचना दिने हो।’

प्रधानमन्त्रीले अगाडि भने, ‘देश बनाउने कुरा गरौं। विभेद हिजो थिए, तिनलाई मेटाउँदै जानुपर्छ। विभेद सिध्याउँदै जानुपर्छ। असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेको छ। त्यसमा सबैको सहयोगको अपेक्षा गरेको छु। आज तानातान गर्ने होइन। समृद्धिको यात्रा तुक्का मिलाउने विषय होइन, साझा कार्य हो। एक जना मित्रले लोकतान्त्रिक प्रणालीको बहुत चिन्ता गर्नुभयो। उहाँलाई १० वर्षअघि लोकतन्त्रको यत्रो चिन्ता लागेछ, मलाई खुसी लाग्यो। संविधान सुरक्षित छ भनेर सोध्नुभयो। संविधान संशोधन हुनुपर्छ, मिच्नु हुँदैन। साथीहरुले नेपाली जनताले बुझ्ने कुरा गर्नुभएन। कसो गर्दाचाहिँ मार्गप्रशस्त हुन्छ?

प्रकाशित: May 10, 2021| 10:48 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।