बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोप कमिसनमा संलग्न भएपछि सरकारको चरित्र उदाङ्गो भयो : देउवा 

खोप कमिसनमा संलग्न भएपछि सरकारको चरित्र उदाङ्गो भयो : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोप कमिसनमा संलग्न हुनुले सरकारको चरित्र उदाङ्गो भएको बताएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काडमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोप कमिसनमा संलग्न हुनुले सरकारको चरित्र उदाङ्गो भएको बताएका छन्।

प्रतिनिधिसभाको विषेश बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भएको भन्दै व्यापारिक घरानालाई पोस्नको लागि जनताको जीवन दाउमा लगाएको बताए।

साथै यस्ता विषय इतिहासले बिर्सन नसक्ने देउवाले बताएका छन्। कोरोना महामारीमा जनताहरु औषधि, अक्सिजन, अस्पतालमा बेड नपाएर मर्नुपरेको भन्दै एक वर्षको महामारीमा सरकारले कोरोना संक्रमण तथा नियन्त्रणमा कुनै व्यवस्था नगरेको उनले बताए। 

जनताको जीवन रक्षा गर्नुपर्ने सरकरले औषधिमाथि पनि भ्रष्टचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा भएको भन्दै यो अक्षम्य अपराध भएको उनले बताए। 

‘कोभिडको पहिलो लहर सुरु हुँदा पीपीई, स्यानीटाइजर र अत्यावश्यक स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भयो अहिले खोपमा भ्रष्टाचार भएको छ। योभन्दा निलज्जता के हुन सक्छ?’, उनले भने।

आफ्ना जनताका लागि अक्सिजनसमेत व्यवस्था, आईसीयू, बेड व्यवस्था गर्न नसक्ने अस्पतालको अभावमा जनता मर्दा टुलुटुलु हेरेर प्रधानमन्त्रीले आफ्नै प्रशंसा गर्नु विडम्बना  हो। 

प्रकाशित: May 10, 2021| 09:28 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।