बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाउँदिनँ भन्ने थाहा पाउँदा पाउँदै प्रधानमन्त्री केपी ओलीले मत मागेको टिप्पणी गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाउँदिनँ भन्ने थाहा पाउँदा पाउँदै प्रधानमन्त्री केपी ओलीले मत मागेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन। त्यसैले संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठनको प्रक्रिया अघि बढाऔं। विगत निर्वाचनमा स्पष्ट बहुमत गरेका प्रधानमन्त्री ओलीले जनतासामु गरेका वाचा पूरा गर्न नसकेको, सुशासन कायम गर्न नसकेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, संविधानको उल्लंघन गरेको र कोभिड जोखिम न्यूनीकरण गर्न नसकेका कारण देश अहिलेको अवस्था छ। त्यसैले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने कुनै कारण छैन। कांग्रेस विपक्षमा मतदान गर्छ र अरु माननीयलाई पनि यही आग्रह गर्दछु।’

उनले थपे, ‘देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ। नेपाली जनताले दशकौंदेखिको त्याग, तपस्या र बलिदानपछि हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक व्यवस्था पाएका छौं। संविधान समानुपातिक समावेशी चरित्रको छ। यस्तो संविधानमा नेपाली जनताको धेरै पुस्ताको रगत सिर्जित छ। लोकतन्त्रका लागि जीवन आहूति गर्ने सहिदको स्मरण गर्दछु।’

प्रकाशित: May 10, 2021| 08:56 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।