बिहीबार, भदौ ११, २०८३

सदनकै बलमा कार्यकाल पूरा गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बलले आफू तीन वर्षभन्दा बढी प्रधानमन्त्री बनेको भन्दै यही सदनको बलले पाँच वर्षसम्म कायम रहने विश्वास व्यक्त गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बलले आफू तीन वर्षभन्दा बढी प्रधानमन्त्री बनेको भन्दै यही सदनको बलले पाँच वर्षसम्म कायम रहने विश्वास व्यक्त गरेका छन्।

विश्वासको मतका लागि बोलाएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफू सदनको बलमा विश्वास गर्ने बताए।

उनले भने, ‘सरकार जस्तो बन्ला, बेग्लै कुरा हो। यो सदनले म छँदाछँदै कसरी अर्को सरकार बनाउला र ? बाहिरका हल्लाखल्ला बेग्लै हुन्। प्रतिनिधिसभा पुनः स्थापना गरियो। बाहिर बाहिर भनियो, प्रधानमन्त्री ठिक छैन भनेर तर अविश्वास त कसैले गरेन नि। राजनीतिमा कहिले कहिले भनाभन पनि हुँदो रहेछ। मैले पनि केही भनें होला। दल अलग हुँदा पनि समर्थन त फिर्ता लिनुभएन। कति सुदृढ समर्थन रहेछ? मैले आफूले विश्वासको मत लिन्छु नभनी कसैले फिर्ता लिन चाहनुभएन। दुई–तीन दिन भएको छ। अब के बिग्रियो र? अब विश्वासको मत दिए भैगो नि।’

प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि बोलाएको प्रतिनिधिसभा बैठक अहिले जारी छ।
 

प्रकाशित: May 10, 2021| 08:51 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।