बिहीबार, भदौ ११, २०८३

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिदिएकी छिन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

पोखरा– गण्डकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिदिएकी छिन्। मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजीनामा दिएको भोलिपल्टै उनले विशेष अधिवेशन अन्त्य भएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए। 

मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको औचित्य नभएको भन्दै पौडेलले अधिवेशन अन्त्य गरिदिएकी हुन्। विशेष अधिवेशनको कार्यसूची अनुसार आज मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्धको आविश्वास प्रस्तावमा मतदान हुने थियो। 

तर मतदानअघि नै मुख्यमन्त्रीले आइतवार राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्विकृत गर्दै पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आव्हान गरेकी छिन्।

सोही आव्हान बमोजिम प्रतिपक्षी दलहरु नेपाली कांंग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नयाँ सरकारको लागि दावी पेश गर्न तयारी अवस्थामा रहेका छन्। तर नयाँ सरकारको लागि निर्णायक मानिएको जनमोर्चा भने अझै अनिर्णित छ।
 

प्रकाशित: May 10, 2021| 08:42 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।