बिहीबार, भदौ ११, २०८३

उपत्यकामा १५ दिन निषेध आदेश थप्न सिफारिस

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेश तोकिएको समयभन्दा थप १५ दिन लम्ब्याउने तयारी भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेश तोकिएको समयभन्दा थप १५ दिन लम्ब्याउने तयारी भएको छ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले उपत्यकामा कोरोना संक्रमणको अवस्था झन संकटपूर्ण हुँदै गएको भन्दै थप १५ दिनका लागि निषेध आदेश थप्न सीसीएमसीलाई सिफारिस गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौंसहित उपत्यकाका तीनै जिल्लाका स्थानीय तह प्रमुखले निषेध आदेश थप नलम्ब्याए अवस्था झन भयावह हुने सुझाव दिएपछि यस्तो सिफारिस गरिएको हो।

निषेध आदेश जिल्ला प्रशासन कार्यालयहरुले स्वतस्फूर्त रुपमा थप्न सक्ने भए पनि सीसीएमसीलाई सिफारिस गरिएको हो।

सीसीएमसीले सरकारलाई सिफारिस गर्छ। उपत्यकामा कोरोनाको अवस्था र वस्तुस्थिति सीसीएमसीलाई अवगत गराउने उद्देश्यले सिधै निषेध आदेशको म्याद थप नगरेर उता सिफारिस गरिएको हो।

हाल उपत्यकामा जारी निषेधाज्ञा यही वैशाख २९ गते राति १२ बजे सकिँदै छ। यसअघि उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ताका लागि निषेध आदेशको निर्णय गरेकोमा गृहमन्त्रालयले १५ दिनका लागि निषेध आदेशको निर्णय गरेको थियो।

यसपटक पनि प्रमुख जिल्ला अधिकारीले मन्त्रालयलाई नै म्याद थपको जिम्मा दिन लागेका हुन्।

प्रकाशित: May 10, 2021| 08:42 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।