काठमाडौं– संसद्मा प्रधानमन्त्रीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।
तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ। हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको सचिवालयले जनाएको छ। कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ।
अहिले बैठकमा प्रधानमन्त्री केपी ओलीले बोलिरहेका छन्। त्यसपछि दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूची छ। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिननेछन् र मत विभाजनको प्रक्रिया सुरु हुने छ।