बिहीबार, भदौ ११, २०८३

‘सरकार सफल भइरहेको छ, केको अविश्वास?’ 

प्रधानमन्त्री केपी ओलीले सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधानका सन्दर्भमा समस्याको गीतमात्र गाएर होइन, समाधान गरेर अघि बढ्ने सन्दर्भमा सरकार सफलताका साथ अघि बढेको दाबी गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधानका सन्दर्भमा समस्याको गीतमात्र गाएर होइन, समाधान गरेर अघि बढ्ने सन्दर्भमा सरकार सफलताका साथ अघि बढेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आज सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारलाई अविश्वास गर्नुपर्ने कारण छैन। संविधानमा रहेका असन्तुष्टि आवश्यकताका आधारमा समाधान हुँदै जान्छन्। समयानुकूल ढंगले संविधानमा संशोधन गर्न सकिन्छ। त्यसको अध्ययनका लागि कार्यदल पनि बनाउन सकिन्छ। संविधान अशंसोधनीय दस्तावेज होइन। औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिन्छ। अब कसैले विखण्डन र विभाजनको राजनीति गर्दैन। देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताबारे विवाद छैन।’

उनले थपे, ‘पृथकतावादी सोचाइ बोक्नेलाई पनि मूलधारमा ल्याइसकेका छौं। राजनीतिक रुपमा आफ्ना माग पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच पनि अब अन्त्य भएका छन्। सरकारले संवादको माध्यमबाट मूलधारमा ल्याएको छ।’

प्रकाशित: May 10, 2021| 08:25 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।