बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राम्रो काम गर्न खोज्दा पनि सरकारलाई हिलो छ्यापियो : प्रधानमन्त्री ओली

राम्रो काम गर्न खोज्दा पनि सरकारलाई हिलो छ्यापियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले देख्ने र बुझ्ने गरी एकजुट भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले देख्ने र बुझ्ने गरी एकजुट भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कारण जेसुकै होस्, हाम्रा गतिविधि, चिन्तन, प्रयास र ध्यान जे कुरा केन्द्रित हुनुपर्थ्यो, त्यस्तो हुन सकेन। सरकारले आफ्नो ध्यान कोभिडविरुद्ध र विकासका गतिविधिमा ध्यान दिन चाह्यो। तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो।’ कतिपय सन्दर्भमा प्रधामन्त्री र सरकारविरुद्ध हिलो छ्याप्ने काम भएको गुनासो उनले गरे।

‘कोभिडविरुद्धको खोप खरिदमा भएको भ्रष्टाचारका कुरा ल्याउने, नभएका कुरा बाहिर ल्याउने काम भयो,’ उनले भने, ‘तुलनात्मक रुपमा पहिलो लहरमा न्यून क्षति गर्न सफल भयौं। अब दोस्रो लहरको सामना गर्न सरकार सम्पूर्ण रुपमा केन्द्रित गरेर, नयाँ नयाँ अस्पताल, नयाँ नयाँ बेड, अक्सिजन उत्पादनमा वृद्धि, सिलिन्डर आपूर्ति र विभिन्न देशबाट औषधि मगाइरहेका छौं। महामारीका बेला पनि यदि कसैले भ्रष्टाचार गर्छ भने अपराध क्षम्य हुँदैन। हामी छानबिन गरेर कारबाही गछौंं।’

प्रकाशित: May 10, 2021| 08:16 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।