काठमाडौं - स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रूपैयाँसहित कैलाली टीकापुर नगरपालिका–१, सत्तिघाटबाट गोपाल चौधरी पक्राउ परेका छन्।
कैेलालीबाट राजापुरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००८ प ८१४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई जाँच गर्ने क्रममा प्रहरीले स्रोत नखुलेको अवैध भारतीय रूपैयाँसहित पक्राउ गरेको हो।
प्रहरीले चौधरीबाट एक थान ल्यापटप, एक थान मोबाइल र एक थान सिमकार्डसमेत बरामद गरेको छ। चौधरीलाई थप कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय बाँके पठाएको छ।
चौधरीलाई इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।