बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव-झलनाथ पक्षले पार्टी विभाजन गरे वामदेव पनि सामेल हुने

माधव-झलनाथ पक्षले पार्टी विभाजन गरे वामदेव पनि सामेल हुने

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव–झलनाथ पक्षले पार्टी विभाजन गरे सो पार्टीमा सामेल हुने बताएका छन्। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव–झलनाथ पक्षले पार्टी विभाजन गरे सो पार्टीमा आफू सामेल हुने बताएका छन्। 

उनले आज एक वक्तव्य जारी गर्दै माधवकुमार नेपाल, झलनाथ खनाललगायतहरूले संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर गए आफू त्यो पार्टीमा सामेल हुने बताएका हुन्। 

‘माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ उनले भने, ‘पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’ 

यस्तै उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीका विषयमा पनि प्रष्ट पारेका छन्। उनले ओलीसँग एमालेको स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गरेको बताए। तर, ओलीले ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ, त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन’ भनेका थिए। त्यसपछि वामदेवले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेको वक्तव्यमा जनाइएको छ। 

प्रकाशित: May 10, 2021| 07:43 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।