काठमाडौं - प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी सभामुखले पत्र पढेर सुनाएका थिए। त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी संसद सचिवालयमा दर्ता गरेको प्रस्ताव पढेर सुनाएपछि १५ मिनेटका लागि स्थगित भएको हो।