काठमाडौं– अक्सिजनको अभावमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आपतकालिन बाहेक मुटुको अप्रेसन रोकिएको छ।
अस्पतालका वरिष्ठ सर्जन डा. रामेश कोइरालाले ट्विट गर्दै अक्सिजनको अभावमा मुटुको अप्रेसन रोकिएको जनाएका छन्। अस्पतालमा वैशाख १९ गतेमात्रै काठमाडौं महानगरको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो।
तर कोरोना संक्रमितलाई अक्सिनजको आवश्यकता परेपछि मुटुको अप्रेसन रोकिएको बताइएको छ। आपतकालिन बाहेक पछि गर्न मिल्ने (रुटिन अप्रेसन) रोकिएको हो।