बिहीबार, भदौ ११, २०८३

प्रहरीले संकलन गरेका २३० थान अक्सिजन सिलिण्डर वितरण

नेपाल प्रहरीले २ सय ३० थान अक्सिसजन सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई बाँडेको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– नेपाल प्रहरीले २ सय ३० थान अक्सिसजन सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई बाँडेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै अक्सिजनको अभाव देखिन थालेपछि महानगरीय प्रहरी परिसर ललितपुरले अक्सिजन सिलिण्डर संकलनलाई प्राथमिकता दिएकोे छ।

संकलन गरिएका अक्सिजन सिलिण्डरमध्ये जिल्ला कोेभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट निर्णय गराई अति आवश्यक रहेका अस्पालहरुमा वितरण गरिएको प्रहरीले जनाएको छ।

संकलन गरिएका २ सय ३० थान अक्सिजन सिलिण्डरमध्ये प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकललाई ५०, बज्रबाराही अस्पताललाई १०, अल्का अस्पताललाई १५, सुमेरु अस्पताललाई १०, स्टार अस्पताललाई २०, मेघा अस्पताललाई २०, गणेशमासिंह अस्पताललाई १० र ललितपुर महानगरले सञ्चालन गरेको वृद्धाश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै बजारमा अक्सिजनको अभाव भएकाले प्रहरीले जगेडा तथा प्रयोगबिहीन रहेका  अक्सिजन सिलिण्डर भए नजिकको अस्पताल वा प्रहरी परिसर ललितपुरलाई खबर गर्न आग्रह गरेको छ।

प्रकाशित: May 10, 2021| 07:10 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।