काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा छ्लफल भएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा उनीहरुबीच छ्लफल भएको हो। छ्लफलमा माओवादी केन्द्रका नेता वर्षमान पुन र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण सहभागी थिए।
छलफलमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको नेता खाँणले जानकारी दिए। एमालेको माधव–झलनाथ पक्षले राजीनामा नदिएर बैठकमा अनुपस्थित हुने निर्णय गरेको विषयमा पनि दुई नेताबीच छ्लफल भएको छ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक बोलाएपछि केही दिनदेखि दौडधुप जारी छ। बैठक आज दिउँसो बस्दैछ।