बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका कारण एकै विश्वविद्यालयका १६ प्रोफेसरको मृत्यु, नयाँ भेरियन्ट फैलिएको आशंका

कोरोनाका कारण एकै विश्वविद्यालयका १६ प्रोफेसरको मृत्यु, नयाँ भेरियन्ट फैलिएको आशंका

कोरोना भाइरस संक्रमणका कारण भारतको अलीगढ मुस्लिम विश्वविद्यालयका १६ जना प्रोफेसरको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमणका कारण भारतको अलीगढ मुस्लिम विश्वविद्यालयका १६ जना प्रोफेसरको मृत्यु भएको छ।

पछिल्ला २० दिनमा विश्वविद्यालयका १६ जना प्रोफेसरको मृत्यु भएपछि विश्वविद्यालय त्रसित बनेको छ। मृत्यु हुनेमा १६ जना प्रोफेसर रहेका छन् भने तीन जना सेवानिवृत्त कर्मचारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कुलपति प्रोफेसर तारिक मन्सुरले अलीगढमा कोरोना भाइरसको नयाँ भेरियन्ट विकसित भएको आशंका गरेका छन्। 

२० दिनको अन्तरालमा आफ्ना १६ जना प्रोफेसरको ज्यान गएपछि मन्सुरले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई पत्राचार गरी कोरोना भाइरसको जिन परीक्षण गर्न आग्रह गरेका छन्। विश्वविद्यालयका कुलपति मन्सुरले काउन्सिलका महानिर्देशकलाई समेत पत्राचार गरी भाइरसको जिनबारे परीक्षण गरी अध्ययन अनुसन्धान गर्न अनुरोेध गरेका छन्।

भाइरसको संक्रमणबाट १६ जना प्रोफेसरको ज्यान गइसकेको र विश्वविद्यालय परिसर वरिपरि भाइरस फैलिएको भन्दै मन्सुरले नयाँ भाइरस हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वविद्यालय परिसरमा भेटिएकोे भाइरसको जिन संकलन गरी परीक्षणका लागि दिल्ली पठाउने काम भइरहेको छ।
 

प्रकाशित: May 10, 2021| 06:45 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।