बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीविरुद्ध अविश्वास प्रस्ताव आए माधव-झलनाथ पक्षले सहयोग गर्ने

ओलीविरुद्ध अविश्वास प्रस्ताव आए माधव-झलनाथ पक्षले सहयोग गर्ने

प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आएमा त्यसमा सहयोग गर्ने माधव झलनाथ पक्षले निष्कर्ष निकालेको छ। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आएमा त्यसमा सहयोग गर्ने माधव झलनाथ पक्षले निष्कर्ष निकालेको छ। 

सिंहदरबारमा आज भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मेटमणी चौधरीले आफूहरूले ओलीको बहिर्गमन चाहेको भन्दै उनलाई हटाउने विषयमा विपक्षी गठबन्धलाई आवश्यक सहयोग गर्ने बताए।

‘भोलीको दिनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव ल्याएमा त्यसमा आफूहरुले खेल्ने भूमिका हामीहरु खेल्छौं,’उनले भने,‘अविश्वासको प्रस्ताव पनि उत्तम विकल्प हो भएको र त्यो आयो भने सहयोग हुन्छ।’

प्रधानमन्त्रीले आजै राजीनामा दिएर धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त हुने कुरा आएको भन्दै उनले त्यसो भएमा उनीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता हुने उनले बताए।

प्रकाशित: May 10, 2021| 06:25 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।