काठमाडाैं - नियन्त्रण बाहिर गएको चीनको लंग मार्च ५ बी रकेट हिन्द महासागरमा खसेको छ। वायुमण्डलमा प्रवेश गरेको रकेट हिन्द महासागरमा खसेको हो।
वायुमण्डलमा यसको धेरै भाग घर्षणका कारण जलेर नष्ट भइसकेको थियो।
अमेरिकी अन्तरिक्ष एजेन्सीले अरबी प्रायद्वीपमाथिको आकाशमा चिनियाँ अनियन्त्रित रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको बताएको थियो। १०८ फट अग्लो र २१ टनको यो रकेटले अप्रिल २९ मा चिनियाँ अन्तरिक्ष स्टेसनको मोड्युल प्रक्षेपण गरेको थियो। पृथ्वीतर्फ खस्नुअघि यो रकेटले केही समय अन्तरिक्षमै बिताएको थियो।
अन्तरिक्षमा यस्ता ठूला पूर्वाधारहरू पुर्याउन बी ५ जस्ता ठूला रकेटको प्रयोग हुने गर्छ। यसले के कति क्षति गर्छ भन्ने अनुमान भने गर्न सकिएको छैन।
वैज्ञानिकहरूले पृथ्वीमा कुनै पिण्ड खसेर ७० प्रतिशत जमिन समुद्रले ढाक्ने अनुमानलाई भने पुष्टि गर्ने आधार यो रकेटले दिएको छ।
चीनको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार रकेटकाे अवशेष धर्तीको वायुमन्डलमा प्रवेश गर्दा दुईपटक जलाइएको थियो।