सोमबार, चैत ९, २०८२

अक्सिजनको मात्रा कम भए के गर्ने? [होम आइसोलेसन बसेकालाई यस्तो छ डा. सुवेदीको सुझाव]

होम आइसोलेसनमा बस्ने बिरामीलाई अक्सिजनको मात्रा कम भए के गर्ने? संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको सुझाव यस्तो छ:- 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बेड पाउन मुस्किल छ। बेड नभएपछि संक्रमितलाई भुईँमा तथा अस्पताल बाहिरै राखेर उपचार गर्न थालिएको छ। 

National life

संक्रमितहरू अस्तपाल पुगेर पनि फिर्ता हुनुपर्ने अवस्था छ। अस्पतालमा भर्ना भएका ९० प्रतिशतभन्दा धेरै बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ। 

शनिबारको तथ्यांकअनुसार ८३ हजारभन्दा धेरै कोरोना संक्रमित सक्रिय छन्। उनीहरूमध्ये ७८ हजारभन्दा धेरै होम आइसोलेसनमै छन्। 

अहिले होम आइसोलेसनमा बसेका संक्रमितलाई पनि पहिलाको तुलनामा गाह्रो भएको चिकित्सकहरू बताउँछन्। होम आइसोलेसनमा बस्ने संक्रमितहरू निकै गाह्रो भएपछि ढिला गरी अस्पताल पुग्ने गरेका छन्। 

ढिला गरी अस्पताल पुग्दा बिरामीमा निमोनिया भइसकेको हुन्छ। त्यस्तो समयमा उनीहरूलाई बचाउन निकै कठिन हुने चिकित्सकहरू बताउँछन्। 

Laxmi sunrise bank
kumari

अस्पतालमा बेड नहुँदा, आईसीयू तथा भेन्टिलेटर खाली नहुँदा तत्काल भेन्टिलेटर आवश्यकता पर्ने बिरामीलाई समेत समस्या परेको छ। 

चिकित्सकहरुलाई दैनिक ५० भन्दा बढी फोन होम आइसोलेसनमा बसेका बिरामीको आउँछ। उनीहरूमध्ये धेरैको एउटै प्रश्न हुन्छ, सास फेर्न गाह्रो हुन थाल्यो के गर्ने ? चिकित्सकहरूले आफूले सकेको उपाय बताउँछन्। 

होम आइसोलेसनमा बस्ने बिरामीलाई अक्सिजनको मात्रा कम भए के गर्ने? संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको सुझाव यस्तो छ:- 

भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा बिरामीले स्टेरोइड औषधि खान सुरु गरिहाल्नुपर्छ। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो। याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानि हुन सक्छ तर, अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधि सुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ। अक्सिमिटरले अक्सिजनको लेबल ९२ वा कम देखायो (मेसिन औँलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।  

कि त ट्याब मिथालप्रेड्निसोलोन ३२ एमजी (१६ एमजीको दुई चक्की वा आठ एमजीको चार चक्की) एकैचोटि दिनको एक पटक कि त ट्याब डेक्सामिथासोन ६ एमजी (०.५ एमजीका १२ चक्की एकैचोटि दिनको एक पटक कि त ट्याब प्रेड्निसोलोन ४० एमजी दिनको एक पटक खानापछि खाने। 

यो औषधिले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ। औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छोड्नु हुँदैन। तर, यो औषधि सुरु गर्दा रोगको बेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिँ अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ। यी औषधि बजारमा प्रशस्त छन्। 

सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं। असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु। 

प्रकाशित: May 09, 2021| 05:35 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्