बिहीबार, भदौ ११, २०८३

एनएसएलमा लिग चरणका खेल आज सकिँदै

पहिलो संस्करणको उपाधि जित्ने दाउमा रहेको काठमाडौं आजको खेलमा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लिन चाहन्छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - चितवन फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को पाँच खेलसम्म जितविहीन रह्यो।

उसले सिजनका तीन खेलमा हार बेहोर्‍यो भने दुई खेल बराबरी गर्‍यो। आज (आइतबार) सिजनको लिग चरणको अन्तिम खेल हुँदैछ। र, चितवनले यो खेलमा बलियो टिम काठमाडौं रेजर्सको सामना गरिरहेको छ।

पहिलो संस्करणको उपाधि जित्ने दाउमा रहेको काठमाडौं आजको खेलमा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लिन चाहन्छ। त्यसै खेलको दौरान चितवन पनि अन्तिम खेलमा पहिलो जित निकाल्ने दाउमा हुनेछ।

लिगमा समान पाँच खेलबाट काठमाडौंले १० अंक बनाएको छ भने चितवनले मात्र दुई अंक जम्मा गरेको छ।

आजको खेलमा जित निकाल्न सके काठमाडाैं शीर्षस्थानमा पुग्ने छ। त्यसैले ऊ जित निकालेर पहिलो चरणको सुपर लिग तालिकाको शीर्षस्थानमा आफ्नो नाम राख्न चाहान्छ।

शीर्षस्थानमा हुनुबाहेक आजको जितमा काठमाडौंलाई थप महत्त्व भने छैन। किनभने ऊ अहिले पनि दोस्रो स्थानमा छ। र, शीर्ष वा दोस्रो स्थानमा हुनुले उसलाई प्ले अफमा खेल्न असर गर्ने छैन।

यता चितवनका लागि भने प्रतियोगितामा एकमात्र जित निकाल्ने महत्त्वकांक्षा हुनेछ। त्यसैले चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा रहने छ।

प्रतियोगितामा आजबाट लिग चरणका खेल सकिएसँगै मंगलबारबाट प्ले अफका खेल सुरु हुनेछन्।

प्रकाशित: May 09, 2021| 03:22 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।