मंगलबार, साउन १९, २०८३

स्वास्थ्यमा यस्तो समस्या देखिनु कोरोना लक्षण त होइनन्?

नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। भाइरसको म्युटेनका कारण नयाँ-नयाँ लक्षण देखिन थालेका छन्। दोस्रो लहरमा पहिलो लहरको भन्दा संक्रमितमा फरक-फरक लक्षण देखिइरहेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। भाइरसको म्युटेनका कारण नयाँ-नयाँ लक्षण देखिन थालेका छन्। दोस्रो लहरमा पहिलो लहरको भन्दा संक्रमितमा फरक-फरक लक्षण देखिइरहेको छ।

हालै मात्र विशेषज्ञहरूले नयाँ भेरिएन्टे नयाँ-नयाँ स्वरुप परिवर्तन गरिरहेको बताएका छन्। संक्रमणले जतिसुकै रुप परिवर्तन गरे पनि त्यसको असर फोक्सोमा देखिने गर्छ।

फोक्सोमा समस्या देखिँदा स्वासप्रस्वासमा असहज हुने गर्छ। योत सामान्य लक्षण हो। कोरोनाका कारण छातिमा हुने दुखाइ सामान्य वा गम्भीर दुई प्रकारको हुन्छ।

छाति दुख्नुका साथै कोरोनाका अन्य लक्षण ज्वरो आउने, खोकी लाग्ने, स्वाद वा गन्ध थाहा नपाउने भए सामान्य रुपमा लिनु हुँदैन। पीसीआर गराएर संक्रमण भए नभएको एकिन गर्नुपर्छ। संक्रमण भए सोही अनुसारको सावधानी अपनाउनु पर्छ।

सुख्खा खोकी लाग्नुलाई पनि सामान्य रुपमा लिनु हुँदैन। तीव्र गतिमा खोकी लाग्दा छातिमा दुख्ने हुनसक्छ। यसले स्वास फेर्न निकै गाह्रो हुने हुन्छ। धेरै खोकी लाग्दा घाँटी वा छातिको मांसपेशीमा घाउ हुने समस्या हुनसक्छ।

कोरोनाको नयाँ लक्षणमा मानिसमा निमोनियाको समेत समस्या हुनेगरेको छ। यस्तो स्थितिमा बिरामी निकै सतर्क हुन आवश्यक छ। जसले गर्दा छातिमा तलर पदार्थ जम्मा हुन थाल्छ। यो गम्भीर बन्न सक्छ। जसले मानिसमा रातिको समयमा छाति दुख्ने समस्या हुन्छ।

फोक्सो सुन्निनु पनि अहिलेको नयाँ संक्रमणको प्रमुख लक्षण बनेको छ। फोक्सो थोरै मात्र सुन्नियो भने पनि छातिमा दुखाइ हुने गर्छ। यस्तो अवस्थामा छातिको अवस्था जान्नका लागि एक्सरे वा सिटीस्क्यान गर्नुपर्छ। माथिका कुनै पनि लक्षण देखिए अनिवार्य चिकित्सकको परामर्श लिनुपर्छ।

प्रकाशित: May 09, 2021| 02:59 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्