काठमाडौं - प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटोको अध्यक्षतामा दिउँसो १ बजे बैठक बस्ने भएको हो।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा हुनेछ। बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन तथा कोरोना संक्रमित सांसदलाई मतदानमा कसरी सहभागी गराउनेलगायतका विषयमा आवश्यक निर्णय लिने बताइएको छ।
भाेलिकाे संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासकाे मत लिँदैछन्।