बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा सहभागी नहुने

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। 

विपक्षीय दलहरुले बैठक स्थगित गर्न माग गरेको अवस्थामा प्रधानमन्त्री एवम् संवैधानिक परिषद्का अध्यक्ष रहेका ओलीले बैठक बोलाएका हुन्। मंसिर ३० पछि परिषद्को बैठक बस्न लागेको हो। 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन्। 

शनिवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताएका थिए। यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको बताउँदै उनले कानून निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई नै कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने अध्यादेश जारी गर्ने काम भएको बताए।

सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा सहभागी नहुने बताइसकेका छन्। 

गतवर्ष मंसिर ३० गते बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश–२०७८ जारी गरेकी थिइन्।  अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो। आजको बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ। 

प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएपछि नेकपा माओवादी केन्द्रले पनि विरोध गर्दै बैठक स्थगित गर्न माग गरेको छ। उता नेकपा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश मार्फत् विभिन्न संवैधानिक निकायमा नियुक्त गर्न खोजिएको भन्दै विरोध जनाएका छन्।

प्रकाशित: May 09, 2021| 01:26 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।