बिहीबार, भदौ ११, २०८३

अक्सिजनको सिलिन्डर बिक्रीवितरणमा कडाइ

सरकारले बिना सिफारिस सरकारी, सामुदयिक तथा निजी अस्पताललाई ग्यास सिलिन्डर भरी बिक्रीवितरणमा रोक लगाएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं-  सरकारले बिना सिफारिस सरकारी, सामुदयिक तथा निजी अस्पताललाई ग्यास सिलिन्डर भरी बिक्रीवितरणमा रोक लगाएको छ। यसरी बिक्री वितरण गरिएको पाइएमा नियमानुसार कारबाही हुने चेतावनी पनि सरकारले दिएको छ। 

धेरै संक्रमितलाई अक्सिजन आवश्यक परिरहेको सन्दर्भमा अक्सिजन बिक्रीवितरण थप व्यवस्थित गर्न कडाइ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले जनाएका छन्।

मन्त्रालयले  सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नव ज्योति अक्सिजन ग्यास प्रालि, हामो अक्सिजन प्रालि र सोपान फर्मास्युटिकल्स प्रालिलाई पत्र पठाई यस्तो आग्रह गरेको छ।

यस्तै हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शकर अक्सिजन प्रालि तथा  सबै अक्सिजन ग्यास सप्लायर्सलाई पनि पत्र पठाइएको लोहनीले जानकारी दिए। 

प्रकाशित: May 08, 2021| 16:11 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।