आइतबार, वैशाख २७, २०८३

३० करोड चिनियाँले लगाए कोरोनाविरुद्धको खोप

चीनमा  ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

बेइजिङ-  चीनमा  ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। 
चीनको यो तथ्यांक कोभिड–१९ बाट विश्वव्यापी रूपमा संक्रमित हुनेको संख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एसियामा यसको प्रभाव उच्च रहेका समय आएको हो।

National life

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पु¥याउने अभियान तीव्र पारिरहेको छ। 

बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीव्रता दिँदै खोप लगाइँदै आएको छ।  

शुक्रवार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ। चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरका लागि डब्लूएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैटौं खोप बनेको छ। 

“महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भए पनि स्वास्थ्य सावधानीलाई अपनाउनु नै संकटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,” महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले भनेका छन्। 

विश्वव्यापी रोग प्रतिरोधात्मक अवरोध छोटो अवधिमा हासिल गर्न नसकिने भएकोले धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ। केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्म–सुरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको कुरा उल्लेख गरेको छ। रासस

प्रकाशित: May 08, 2021| 15:53 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।