बिहीबार, भदौ ११, २०८३

यी हुन् निषेध आदेश भएका ६३ जिल्ला

गृह मन्त्रालयको विवरणअनुसार शनिबारसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेध आदेश जारी गरिएको हो। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं-  कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिएपछि ६३ जिल्लामा निषेध आदेश जारी गरिएको छ। गृह मन्त्रालयको विवरणअनुसार शनिबारसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेध आदेश जारी गरिएको हो। 

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र  रुपन्देहीमा आवातजावतमा पूर्ण रोक लगाइएको छ। यस्तै बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा पनि पूर्ण रुपमा निषेध आदेश लगाइएको छ।

पूर्ण निषेध आदेश जारी भएका अन्य जिल्लामा कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा र अर्घाखाँची छन्। बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेध आदेश जारी छ। 

यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेध आदेश जारी गरिएका गृह मन्त्रालयले जनाएको छ।

सरकारले ग्रामीण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेध आदेश लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ। सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेध आदेश लगाउँदै आएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म ३ लाख ८५ हजार ८९० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ९८ हजार ७६५ निको भएका छन्। तीमध्ये ३ हजार ६३२ जनाको मृत्यु भएको छ।

हाल मुलुकभर ८३ हजार ४९३ सक्रिय संक्रमित छन्। यस्तै शनिबार मात्र थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाको निधन भएको छ।

प्रकाशित: May 08, 2021| 15:24 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।