बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजनको आपूर्ति र अस्पतालमा बेडको व्यवस्था गर्न कांग्रेसको माग

अक्सिजनको आपूर्ति र अस्पतालमा बेडको व्यवस्था गर्न कांग्रेसको माग

नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन्। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन्। 

डा. महतले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्। उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि कांग्रेसका तर्फबाट सरकारको ध्यानकर्षण गराएका छन्। 

‘कोभिड–१९ का बिरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यकालगायत देशभरिबाट आइरहेका छन्। अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ। यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीहरुले अक्सिजन नपाउने अवस्था सिर्जना भएको छ।’ महतले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन्। काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन्।’

सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ। उनले भनेका छन्, ‘सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ।’

नेपाली कांग्रेस आवश्यकताअनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न पनि महतले माग गरेका छन्।

प्रकाशित: May 08, 2021| 13:04 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।