आइतबार, असोज १८, २०८३

नेप्सेमा नयाँ कीर्तिमान

'क' वर्गका वाणिज्य बैंकको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ। यो पनि हालसम्मकै उच्च बिन्दु हो। आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ४२ अअर्ब २३ करोड २७ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ। लगातार उकालो लाग्दै आएको नेप्सेले मंगलबार नयाँ रेकर्ड बनाएको हो। मंगलबार नेप्से २६.०२ बिन्दुले उकालो लागेर ३१११.०९ मा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। 

'क' वर्गका वाणिज्य बैंकको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ। यो पनि हालसम्मकै उच्च बिन्दु हो। आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ४२ अअर्ब २३ करोड २७ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको छ। 

मंगलबार २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भयो। नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो। यस्तै, जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशत कमाए। 

यसैगरी, युनिलिभर नेपाल ३.७९, नबिल ब्यालेन्स फन्ड २.३३, एनआइबिएल प्रगति फन्ड २.०४, ग्रिन डेभलपमेन्ट बैंक १.९७ र समृद्धि फाइनान्सका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए। कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। अपिको ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो। 

यस्तै, ङादी ग्रुप अफ पावर रु ४३ करोड ३२ लाख ४२ हजार, फर्स्ट माइक्रो फाइनान्स रु ३३ करोड ८६ लाख ६७ हजार ९८३, स्वाभिमान लघुवित्त रु ३० करोड चार लाख ४८ हजार २३४ र निर्धन उत्थान लघुवित्तको रु २९ करोड ६६ लाख ४४ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

प्रकाशित: Aug 03, 2021| 17:00 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्