बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित पत्रकार दाहालको निधन, मृतकको संख्या ८ पुग्यो

कोरोना संक्रमित पत्रकार दाहालको निधन, मृतकको संख्या ८ पुग्यो

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं– नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ। 

यही वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।  उपचारको क्रममा आज उहाँको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ।

महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत ४० वर्षको अल्पायुमै कोरोनाका कारण उहाँको निधन भएको खबरले स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्। विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गरेका थिए।

पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक–प्रकाशकका रूपमा पत्रकारितामा सक्रिय थिए। स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन्।

कोरोनाकै कारण हालसम्म आठ पत्रकारको निधन भएको जानकारी दिँदै महासङ्घले हालसम्म  ६५० पत्रकार सङ्क्रमित भएको तथ्याङ्क दिएको छ। 
 

प्रकाशित: May 08, 2021| 12:42 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।