बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गोेप्य बैठकमा देउवा

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गोेप्य बैठकमा देउवा

नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीको संसदीय दलको बैठककै बीचबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा नेकपा माओवादी केन्द्र र जसपासँगको गोप्य बैठकमा सहभागी हुन निस्केको खुलेको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं– नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीको संसदीय दलको बैठककै बीचबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा नेकपा माओवादी केन्द्र र जसपासँगको गोप्य बैठकमा सहभागी हुन निस्केको खुलेको छ।

कांग्रेसका एक सांसदले पार्टी सभापति देउवा दलहरुसँगको छलफलमा सहभागी हुन बाहिरिएको जानकारी दिए। 

माओवादी र जसपाका नेताहरुसँगको गोप्य बैठकका लागि उनी निस्के पनि छलफल कहाँ हुन लागेको छ भन्ने केही खुलाइएको छैन। 

एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिएमा ओलीविरुद्धको अविश्वास प्रस्ताव पास हुन नसक्ने निष्कर्ष निकालेको कांग्रेस र माओवादी केन्द्र एमालेकै माधव नेपाल पक्षले लिने निर्णयको पर्खाइमा छ।

त्यही कारणले पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता भइसकेको छैन। ओलीले आफू असफल भएमा फेरि संसद् विघटन गर्ने आशंका कांग्रेस र माओवादी केन्द्रको छ।

प्रकाशित: May 08, 2021| 11:49 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।