बिहीबार, भदौ ११, २०८३

८,४१८ कोरोना संक्रमित थप, ५३ जनाको मृत्यु

शनिबार देशभर झण्डै साढे ८ हजार कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- शनिबार देशभर झण्डै साढे ८ हजार कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १७ हजार ३१५ को पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशमा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका ५३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसा रहालसम्म ३ लाख ८५ हजार ८९० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ९८ हजार ७६५ निको भएका छन् भने ३ हजार ६३२ जनाको मृत्यु भएको छ।

हाल मुलुकभर ८३ हजार ४९३ सक्रिय संक्रमित छन्।

प्रकाशित: May 08, 2021| 11:43 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।