बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्री ओलीलाई विफल पार्ने कांग्रेस निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा राष्ट्रपतिको भूमिकाको सांसदहरूले चर्को आलोचना गरेका छन्। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा राष्ट्रपतिको भूमिकाको सांसदहरूले चर्को आलोचना गरेका छन्। 

राष्ट्रपति संविधानको रक्षक बन्न नसकेको भन्दै सांसदहरूले अमूक पार्टीको नेताका रूपमा काम गरिरहेको टिप्पणी गरेका छन्। ‘राष्ट्रपतिको भूमिकाका बारेमा सांसदहरुले आलोचना गर्नुभयो,’ सहभागी एक सांसदले भने, ‘उहाँले जसरी संविधानको संरक्षक बनेर भूमिका निभाउनुपर्थ्यो, गर्न सक्नुभएको छैन।’

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत विफल पार्ने निर्णय गरेको छ। सांसद डिला संग्रौलाले ओलीको राजीनामा माग्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने केन्द्रीय समितिले गरेको निर्णय अनुमोदन भएको जानकारी दिइन्। बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमा समेत छलफल भएको छ।

यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेपछि लुम्बिनीमा जस्तै फेरि आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने कांग्रेसको आशंका छ। 

संवैधानिक परिषद् बहिष्कार गर्ने निर्णयसमेत भएको भन्दै सांसद संग्रौलाले प्रम ओलीले अध्यादेशमार्फत मुलुक चलाउन खोजेको बैठकले निष्कर्ष निकालेको बताइन्। 

उनका अनुसार आजको बैठकले बढ्दो कोरोना भाइरस संक्रमणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको पनि निष्कर्ष निकालेको छ।

प्रकाशित: May 08, 2021| 11:39 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।