बिहीबार, भदौ ११, २०८३

स्वेच्छाचारी नबन्न ओलीलाई दाहालको चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदमार्फत स्वेच्छाचारिता चरित्र प्रदर्शन  नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदमार्फत स्वेच्छाचारिता चरित्र प्रदर्शन  नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

दाहालले शनिबार विज्ञप्ति प्रकाशित गर्दै संवैधानिक परिषद बैठकमा सहभागी नहुन सभामुख र प्रतिपक्षी दलका नेतालाई पनि आग्रह गरेका छन्। दाहालले भनेका छन्, 'प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक सरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन परिषद्का सबै सदस्यसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।'

संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको दाहालको भनाइ छ। 

यसअघि कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यलाई आह्वान गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि परिषद्को बैठक बोलाएका छन्। संवैधानिक परिषद्सम्बन्धी दोस्रोपटक विवादास्पद अध्यादेश जारी गरेपछि उनले बैठक बोलाएका हुन्। 

संवैधानिक निकायमध्ये लोकसेवा आयोगमा पदाधिकारीहरू खाली छन् भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी रिक्त छन्। 

परिषद्‍मा दुई वा दुईभन्दा बढी सदस्य मात्रै भएर पनि निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएर यसअघि नै रिक्त निकायमा नियुक्ति गरिसकिएको छ। दलहरूले यसको विरोध गर्दै आइरहेका छन्। परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ। 

प्रकाशित: May 08, 2021| 11:09 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।