काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावका बारेमा अहिले नै कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन्।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको पार्टी संसदीय दलको बैठक सकेर बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले यस्तो बताएका हुन्।
उनले परिस्थिति बनेपछि मात्रै अविश्वासको प्रस्ताव दर्ता हुने बताए। ‘अहिले परिस्थिति बनेको छैन त्यसैले आजको बैठकमा अविश्वास प्रस्तावबारे कुनै निर्णय भएको छैन।’ उनले भने।
पछिल्लो राजनीति परिस्थिति र वैशाख २७ गते विश्वासको मत लिन बोलाइएको बैठकका बारेमा छलफल गर्न आज कांग्रेस संसदीय दलको बैठक बसेको थियोे।