काठमाडौं- शनिबार दोलखाको प्रसिद्ध मन्दिरको शिलामा पसिना आएको छ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले एक विज्ञप्ति जारी गर्दै भीमेश्वरको शिलामा शनिबार मध्यान्न १२.१५ बजेदेखि १.३० बजेसम्म पटकपटक पसिना आएको उल्लेख गरेका छन्।
साथै भिमेश्वरलाई पसिना आएको सूचना प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग बैठक गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले राष्ट्र प्रमुख समक्ष मन्दिरको महाप्रसाद पठाउने परम्पराअनुसार भोलि वैशाख २६ गते राष्ट्रपतिसमक्ष भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ।
दोलखा भिमेश्वरलाई पसिना आए मुलुकमा कुनै न कुनै प्रकारको अनिष्ट आउने विश्वास गर्ने गरिएको छ। यही विश्वासको आधारमा राष्ट्र प्रमुखलाई महाप्रसाद पठाउने परम्परा छ।
.jpg)