बिहीबार, भदौ ११, २०८३

पर्सामा कोरोनाबाट थप ३ जनाको मृत्यु

पर्सामा उपचारको क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

वीरगंज- पर्सामा उपचारको क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बारा जिल्लाका २ जना र रौतहटका एकजना गरी ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। 

मृत्यु हुनेमा बुधबार भर्ना भएका बाराका ४५ वर्षीय पुरुष र वैशाख ८ गते भर्ना भएका ५५ वर्षीय पुरुष छन्। 

त्यसैगरी रौतहट सिर्सियाका ५५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए।

तीनै जनामा कोरोना संक्रमणपछि गम्भीर प्रकारको निमोनिया देखिएको थियो। 

यसैबीच पर्सामा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन्। पर्सा, बारा, सर्लाहीलगायतका जिल्लाबाट आएका २८८ जनाको स्वाबलाई अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा ९ जना एन्टीजेनसहित १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा ९ वर्षीय बालकदेखि ८८ वर्षका वृद्धसमेत छन्। तीमध्ये ४५ जना महिलासहित पर्साका १०५ जना, बाराका २७, रौतहटका ८, सर्लाहीका ४ र महोत्तरीका १ जना छन्। 

प्रकाशित: May 08, 2021| 10:36 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।