बिहीबार, भदौ ११, २०८३

आज राति पौने १० बजे सार्वजनिक हुँदै डीभीको नतिजा

सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको नतिजा आज (शनिबार) प्रकाशन हुने भएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको नतिजा आज (शनिबार) प्रकाशन हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा २०२२ को नतिजा नेपाली समयअनुसार राति ९:४५ बजेपछि हेर्न सकिने जानकारी दिएको छ। 

अमेरिकी विदेश मन्त्रालयको साइट डिभीप्रोग्राम डट स्टेट डट जिओभी dvprogram.state.gov मा नतिजा हेर्न सकिने दूतावासले प्रष्ट पारेको छ। नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर चाहिन्छ।

छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुने समेत दूतावासले प्रष्ट पारेको छ। अमेरिकी सरकारका कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको इमेल नपठाउने र त्यसरी इमेल प्राप्त भए त्यसलाई विश्वास नगर्नसमेत दूतावासले सचेत बनाएको छ। 

प्रकाशित: May 08, 2021| 10:22 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।