बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • डब्लुएचओबाट आपत्कालीन प्रयोगको अनुमति लिने कोभिड खोपको संख्या ५ पुग्यो

डब्लुएचओबाट आपत्कालीन प्रयोगको अनुमति लिने कोभिड खोपको संख्या ५ पुग्यो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट कोरोना भाइरस विरुद्ध आपत्कालीन प्रयोगको अनुमति पाउने खोपको संख्या ५ पुगेको छ। चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएसँगै यो संख्या ५ पुगेको हो। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट कोरोना भाइरस विरुद्ध आपत्कालीन प्रयोगको अनुमति पाउने खोपको संख्या ५ पुगेको छ। चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएसँगै यो संख्या ५ पुगेको हो। 

National life

यसअघि फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले विकास गरेका खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको थियो। 

डब्लुएचओबाट अनुमति पाउने गैरपश्चिमा मुलुकले विकास गरेको सिनोफार्मको भ्याक्सिन पहिलो हो।

विश्व स्वास्थ्य संगठनले हालै अनुमति दिए पनि चीनसहित विश्वका विभिन्न देशका लाखौँ मानिसले यो खोप यसअघि नै लगाइसकेका छन्। सिनोफार्मको खोप १८ वर्षमाथिका मानिसलाई लगाउन उपयुक्त हुने सिफारिस गरिएको छ। यो भ्याक्सिन पनि दुई डोज लगाउनुपर्ने हुन्छ। 

चीनले नै विकास गरेको अर्को खोप सिनोभ्याक पनि डब्ल्यूएचओको अनुमतिको पर्खाइमा छ। रुसी भ्याक्सिन स्पुतनिक-भीलाई अनुमति दिन डब्ल्यूएचओले अध्ययन अघि बढाएको बताएको छ।  

Laxmi sunrise bank
kumari

प्रकाशित: May 08, 2021| 09:24 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।