बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद् बैठककाे रणनीति तय गरिने 

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद् बैठककाे रणनीति तय गरिने 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। दिउँसो २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उनले बताइन्। उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेका छन्।

`वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने नै मुख्य एजेन्डा हो,´ उनले भनिन्,`त्यसबाहेक पछिल्लो राजनीति घटनाक्रमका बारेमा पनि छलफल हुन्छ।´

यसअघि मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय गरेको थियो। 

आजको बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ। बुधबार, बिहीबार र शुक्रबार देउवा निवासमा तीन महत्त्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए। ती भेटवार्ताका बारेमा देउवाले सांसदहरूलाई जानकारी गराउने छन्।

बुधबार प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका नेताहरूसँग देउवाको छलफल भएको थियो। त्यसपछि एमालेकै असन्तुष्ट पक्ष नेता माधवकुमार नेपाल र भीम रावलले बिहीबार भेटवार्ता गरेका थिए।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग भेट गरेका थिए।

प्रकाशित: May 08, 2021| 02:54 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।