बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस रुपन्देहीले आइसोलेसन बनाउन पार्टी कार्यालय दिने

कांग्रेस रुपन्देहीले आइसोलेसन बनाउन पार्टी कार्यालय दिने

नेपाली कांग्रेसले रुपन्देहीले कोभिड अस्पताल वा आइसोलेसन बनाउनका लागि आफ्नो कार्यालय भवन दिने भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

बुटवल- नेपाली कांग्रेसले रुपन्देहीले कोभिड अस्पताल वा आइसोलेसन बनाउनका लागि आफ्नो कार्यालय भवन दिने भएको छ।

रुपन्देहीमा कोरोना संक्रमण भयावह बन्दै जाँदा बेड नपाएर बिरामीको मृत्यु हुन थालेपछि कांग्रेस रुपन्देहीले भैरहवास्थित आफ्नो कार्यालय आइसोलेसन वा अस्थायी अस्पताल निर्माणका लागि दिने भएको हो।  

भीम अस्पतालको पछाडि रहेको कांग्रेसको जिल्ला कार्यालयमा दुईवटा हल, ११ वटा कोठासहितको दुई तले कम्पाउन्डसहितको भवन दिन तयार रहेको सभापति अब्दुल रज्जाकले बताए। 

उनले आफूहरुले आइसोलेसन निर्माणका लागि तीनै तहका सरकार वा अन्य संघसंस्थालाई दिन तयार रहेको जनाएको छ। महामारीको यो घडीमा आम नागरिकको जीवन बचाउनका लागि सबै एकजुट हुन समेत कांग्रेसले अपिल गरेको छ।

प्रकाशित: May 07, 2021| 15:06 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।