बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा बेड नपाएर २ जनाको मृत्यु, सक्रिय संक्रमित ६ हजार पुगे

रुपन्देहीमा बेड नपाएर २ जनाको मृत्यु, सक्रिय संक्रमित ६ हजार पुगे

रुपन्देहीमा अस्पतालमा बेड नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

बुटवल- रुपन्देहीमा अस्पतालमा बेड नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पतालको आकस्मिक कक्षमा बेड नपाएर दुई पुरुषको मृत्यु भएको हो। बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि ४४ वर्षीय एक पुरुषको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ। 

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका ती जनप्रतिनिधिलाई अस्पतालमा बेड नपाएपछि होम आइसोलेसनमै राखिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समा राखेर मणिग्रामस्थित क्रिमसन, भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज चाहर्दाचाहर्दै मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।

यस्तै पाल्पा भुवनपोखरी घर भई हाल बुुटवलमा बस्ने ३२ वर्षीय युवाको भीम अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको छ। ३ दिनअघि कोरोना संक्रमित भएका उनी बुधबार भीम अस्पताल भर्ना भएका थिए। अस्पतालको भुइँमै उपचार गरेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि तुरुन्तै आईसीयूमा राख्नुपर्ने भए पनि बेड नपाएपछि शुक्रबार बिहान मृत्यु भएको परिवारले बताए। 

रातिदेखि बिरामीलाई अक्सिजनले थेग्न नसके पनि अस्पतालले समयमा बेड उपलब्ध नगराउँदा बिरामीको मृत्यु भएको आफन्तको भनाइ छ।

अस्पतालमा अक्सिजन र बेड दुवैको अभाव भएकाले उपचारमा समस्या भएको सूचना अधिकारी डा. नारायण पोखरेलले बताए। योसहित रुपन्देहीमा पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ।

यो सँगै रुपन्देहीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५३ पुगेको छ। पछिल्लो २४ घन्टामा ७८२ जना कोरोना संक्रमित थप भएका छन्। रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार पुुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार स्थिति भयावह बन्दै गएको छ।

प्रकाशित: May 07, 2021| 14:50 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।